नेपाल र चीनबीच ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डु - सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको नेपाल–चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय बैठक सकिएको छ । बैठकमा नेपाल र चीनबीच ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । शनिबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा नेपाल र चीनबीच ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो । चीनबाट आर्थिक तथा प्राविधिक…