रातो मच्छिन्द्रनाथको रथ तान्न गलत साइत दिइएको भन्दै ज्योतिषीको आपत्ति

काठमाण्डु – कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै ज्योतिषीहरुले आपत्ति जनाएका छन् । साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनुपर्नेमा आइतबार चतुर्थी तिथिका दिनको साइत दिइनु गलत भएको तोयनाथ पन्तको पात्रो (पञ्चाङ्ग) का सम्पादक सूर्यनाथ पन्तले जानकारी दिए । आइतबार नेपाल पञ्चाङ्ग निर्णायक समितिले…