पहिराेका कारण सिन्धुपाल्चोकमा ८८ घरपरिवार उच्च जोखिममा

काठमाण्डु-  वर्षाका कारण जुगल गाउँपालिका–१ सेलाङमा स्थानीयवासीका घरगोठ क्षति हुुनुका साथै दर्जनौँ घर परिवार जोखिममा परेका छन् । पहिराेको क्षति मुल्याङ्कनका क्रममा वडाभर निरीक्षण गर्दा ८८ भन्दाबढी परिवार पहिराको जोखिममा परेका वडा नं १ का वडाध्यक्ष कमल थापाले जानकारी दिए । उनका अनुसार सेलाङको बाँधसिम्ले, काल्चे, देउराली, चेपे, खसै, सेपगाउँ र कुनेगाउँ ठाडोपाखामा पहिराले घरगोठमा…