सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब रुपैयाँ बजेट, के के छन् प्राथमिकतामा ? (पूर्णपाठ)

काठमाण्डु – सरकारले चालु आर्थिक २०७८/७९ वर्षको बजेटलाई परिमार्जन गर्दै नयाँ बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबारको प्रतिनिधिसभा बैठकमा अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयकमार्फत कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट सार्वजनिक गरेका हुन् । कुल रकम १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन गरेको सरकारले संघले चालूतर्फ ६ खर्ब…