काठमाण्डु - उपराष्ट्रति नन्दबहादुर पुन ‘पासाङ’ले बुधबार राति बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ३ मोबाङमा आएको बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले शुक्रबार वक्तव्य जारी गरेर बाढीपहिरोले बागलुङको मोबाङ, अछामको सैनीबजार लगायत विभिन्न जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । उपराष्ट्रपति पुनले बाढीपहिरोका कारण ज्यान गुमाउनु…