चन्द्रागिरिको केबलकार सँगै जिप लाइन पनि सञ्चालनमा

काठमाण्डु - चन्द्रागिरिको केबलकारसँगै आजदेखि जिपलाइन पनि सञ्चालनमा आएको छ । कोरोना सङ्क्रमणका कारण गत वैशाख १६ गतेदेखि सरकारले निषेधाज्ञा शुरु गरे सँगै केबलकार बन्द भएको थियो । आजदेखि खुलेको चन्द्रागिरिमा पुगेकाहरूले जिपलाइनको मज्जा पनि लिएका छन् ।  महाप्रबन्धक अभिषेकविक्रम शाहले पाँच महिनापछि सञ्चालनमा आएको चन्द्रागिरिमा करिब दुई हजार जनाले यात्रा गरेको बताएका छन् ।…