संसदीय समिति माथिल्लो तामाकोशी अनुगमनमा

काठमाण्डु – प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गर्ने भएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीका अध्यक्षतामा आज भएको समितिको बैठकले सभापति सुवेदीका संयोजकत्वमा ११ सदस्यीय अनुगमन टोली गठन गरेको छ । यही चैत १४ देखि १७ गतेसम्म स्थलगत अनुगमन गर्ने संसदीय टोलीले आयोजनाको प्रारम्भ, सम्पन्न…