विराटनगर – जिल्ला प्रशासन कार्यालय मोरङले नोबेल मेडिकल कलेज शिक्षण अस्पताललाई स्पष्टिकरण सोधेको छ । विद्यार्थीसँग अतिरिक्त शुल्क लिनुको कारण खुल्ने कागजातसहित मंगलबार बिहान साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको हो । ‘अविभावकसहितको छलफल राखेका छौँ,’ मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भने, ‘उहाँहरुले पुष्टि गर्ने कागज ल्याउन सक्नु भएन भने…