‘बुस्टर डोज’ लगाउन प्रधानमन्त्रीको निर्देशन आइसकेको छ : स्वास्थ्यमन्त्री खतिवडा (अन्तर्वार्ता)

काठमाण्डु – नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ । अतिरिक्त मात्रासँगै सरकारले ‘बुस्टर डोज’ लगाउने तयारीसमेत गरेको छ । कुल जनसङ्ख्याको ५० प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरूद्धको खोप लगाइसकेपछि मात्र सरकारले सबै नागरिकलाई ‘बुस्टर डोज’ लगाउने तयारी गरेको छ । अहिले कुल जनसङ्ख्याको ३९ प्रतिशतलाई पहिलो र…