डोटीमा सङ्क्रमित बढेपछि एक साता निषेधाज्ञा

डोटी-  कोरोना सङ्क्रमित बढ्न थालेपछि डोटीको स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैैठकले भदौ १४ गते राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । निषेधाज्ञा पहिलो चरणमा भदौ २१ गते आइतबार रातिसम्म सात दिनका लागि लागू हुने…