काठमाण्डु – नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापा, सिरहा र मोरङका तीन जना, बुटवलको कोरोना विशेष आइसोलेसन अस्पतालमा एक जना र चितवन मेडिकल कलेजमा एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । धरानमा मृत्यु हुनेमा सिरहाका ५५ वर्षीय पुरुष, झापाका ८३ वर्षीय…