काठमाण्डु उपत्यकामा थपिए ३ सय ७७ जना कोरोना संक्रमित

काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्ण्डु उपत्यकामा ३ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डु, ललितपुर भक्तपुरमा उक्त संक्रमित फेला परेको जानकारी दियो । जसअनुसार काठमाण्डुमा २ सय ७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।