नारायण न्यौपाने काठमाण्डु – निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचनका सबै प्रक्रिया र चरणमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी एकीकृत एवम् उपयुक्त नीतिगत व्यवस्था कायम गर्ने उद्देश्यले आयोगले नयाँ नीति कार्यान्वयनमा ल्याएको हो । निर्वाचन व्यवस्थापनमा सूचना प्रवाहको विधि र प्रक्रियालाई सामाजिक सञ्जालको विशेषताअनुरूप हुने गरी रूपान्तरण…