मैले राजीनामा दिएको छैन, मेरो विरुद्ध षड्यन्त्र रचियोः महान्यायाधिवक्ता खरेल

काठमाण्डु – महान्यायाधिवक्ता अग्नि खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पारेका छन् । विभिन्न सञ्चारमाध्यममा महान्यायाधिवक्ता खरेलले राजीनामा दिएको भन्ने समाचार प्रकाशित भएपछि उनले आफुले राजीनामा नदिएको बताएका हुन् । प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा मंगलबार बिहानैदेखि समाचार…