कतारद्वारा नेपाललाई ५० वटा भेन्टिलेटर हस्तान्तरण

काठमाण्डु – कतार सरकारले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना महामारीसंग जुध्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको बताइएको छ । कतारका आमिर शेख तामिम विन हमाद अल थानीको आदेश अनुसार नेपाललाई सहयोग गरिएको जनाइएको छ । थानीको आदेशअनुसार कतार फण्ड फर डेभलपमेन्टले ५० वटा भेन्टिलेटर सहित स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।…