एमालेमा नेतृत्व चयनको जिम्मा अध्यक्ष ओलीलाईः विष्णु पौडेललाई महासचिव बनाउने तयारी

काठमाण्डु– नेकपा एमालेमा सहमतिमा नेतृत्वको चयन हुने भएको छ । चितवनको सौराहामा जारी एमालेको १० औं महाधिवेशनको बन्दसत्रले पार्टीका ३ सय १ केन्द्रीय सदस्य र १९ जना पदाधिकारी छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ । एमालेका संगठन विभागका प्रमुख समेत रहेका उपमहासचिव विष्णु पौडेलले नेतृत्व चयनको जिम्मेवारी अध्यक्ष ओलीलाई दिने प्रस्ताव…