सर्वोच्चमा आज पनि कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी

काठमाण्डु - सर्वोच्च अदालतमा आइतबार पनि कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै धर्नामा बसेको कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको हो । हातमा कालो पट्टी बाँधेर प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका कानुन व्यवसायीलाई प्रहरीले रोक्न खोज्दा धकेलाधकेल भएको जनाइएको छ । गत बिहीबार मात्र…