नेकपा नेता नेपालको सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाण्डु - नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालकाे सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेता नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव मोहन गौतमले बताए । नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको गौतमले बताए । कोरोना संक्रमण पुष्टि भएपछि सबै सुरक्षाकर्मी आइसोलेसनमा बसेका…