टोखा नगरपालिकामा १७ शैय्याको ‘आइसोलेसन सेन्टर’ स्थापना

काठमाण्डु -  टोखा नगरपालिकाले कोभिड–१९ बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर १७ शय्याको ‘आइसोलेसन सेन्टर’ निर्माण गरेको छ । कोरोना सङ्क्रमित विरामीको उपचारका लागि आज टोखा नगरपालिका–२ स्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा आइसोलेशन सेन्टर स्थापना गरेको हो । उक्त सेन्टरको आज नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गरे । सो अवसरमा नगरप्रमुख अधिकारीले टोखा नगरपालिकामा दिनानुदिन…