काठमाण्डु उपत्यकामा थपिए १८२ कोरोना संक्रमित

काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा १८२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डुमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ संक्रमित थपिएका हुन् । नेपालमा आज ८ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।