गोरखा – गोरखाको धार्चे गाउँपालिका–७ मा पहिरो जाँदा स्थानीय नौलीखोला थुनिएको छ । धार्चेको लापुस्थित मापुडाँडामा राति १ बजे पहिरो जाँदा खोला थुनिएको हो । गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङका अनुसार पहिरोले खोला थुनिएपछि त्यसमुनीका गाउँ जोखिममा परेका छन् । मापु डाँडा नै भासिएर झरेको पहिरोले खोला थुनेको हो । पहिरो झर्ने क्रम शनिबार…