आगामी तीन दिनको मौसमः मेघगर्जन/चट्याङसहित वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाण्डु – नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ । आज रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई/तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले बताइन् । 'केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ', मौसमविद् कँडेलले भनिन् । मौसमविद्का अनुसार यस वर्ष…