सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रवेश गर्नेको पिसिआर रिर्पोट अनिवार्य गर्ने तयारी भएको बताएका छन् । कैलाली र पूर्वी तराईमा कोरोना भाइरसको खतरनाक लक्षण देखिएको बताउँदै उनले कर्णालीमा थप सजगताका लागि अब प्रवेश गर्नेबाट पिसिआर रिर्पोट अनिवार्य माग्ने तयारी गरिने बताएका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा…