सार्वजनिक यातायात सञ्चालनबारे सरकारको निर्णय एकलौटी, व्यवसायी अन्यौलमा

काठमाडौं – सरकारले शुक्रबार (आज)देखि छोटो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेसँगै यातायात व्यवसायीहरु अन्यौलमा परेका छन् । सरकारले यातायात व्यवसायीसँग कुनै सल्लाह नै नगरी एकलौटी निर्णय गरेको भन्दै राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव एवम् प्रवक्ता सरोज सिटौलाले यातायात व्यवसायी अन्यौलमा परेको बताएका हुन् । सिटौलाले व्यवसायीसँग कुनै छलफल र संवाद नगरीकन सरकारले…