काठमाडौं - संसद् बाहिर प्रधानमन्त्रीको पदउपर लेनदेन नगर्न संवैधानिक स्थायित्वका लागि नागरिक अपीलले आग्रह गरेको छ । बिहिवार ११ जना नागरिक अगुवाले विज्ञप्ति जारी गर्दै संसद् र संसदीय प्रक्रियालाई छलेर जनताको स्पष्ट कार्यादेशविपरीत प्रधानमन्त्रीको पद उपर संसद् बाहिर लेनदेन नगर्न आग्रह गरेका छन् । विज्ञप्ति जारी गर्नेहरुमा रामसागर पण्डित (प्राध्यापक), रेणु अधिकारी (मानवअधिकारकर्मी), डम्बर चेम्जोङ…