कपिलवस्तु – वाणगङ्गा नगरपालिका– ४ का रुकबहादुर र भीममाया रेश्मीको जोडीसँग नगरिकता नभएकाले सामाजिक सुरक्षा भत्ताबाट वञ्चित छन् । जङ्गलमा सालका पात टिपेर गाउँगाउँमा बिक्री गरी जीविकोपार्जन गर्दै आएको रेश्मी दम्पती बाँसका कुहिन लागेका भाटाले बारेको घरमा बस्ने गर्छन् । भाँचिन लागेको खाट, धेरै पुराना र मैला ओढ्ने, कपडा र स–साना भाँडाकुँडाले उनीहरुको जीवनमा ढल्किँदै…