सरकारले प्रदेश २ मा उच्च स्तरीय स्वास्थ्य टोली पठायो

काठमाण्डु – सरकारले प्रदेश नम्बर २ मा उच्च स्तरीय स्वास्थ्य टोली पठाएको छ । प्रदेश नम्बर २ मा पछिल्लो समय कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएपछि सरकारले थप चासो देखाएको हो । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्च स्तरीय टोली प्रदेश २ को वीरगञ्ज र जनकपुरमा पठाइएको जानकारी…