गण्डकीमा कोरोना संक्रमितको संख्या १५ सय नाघ्यो, १२ सय जना डिस्चार्ज

काठमाण्डु – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय नाघेको छ । आइतबार बिहान २० जना नयाँ संक्रमित थपिएसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १५ सय ५ पुगेको हो । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित व्यक्तिहरुलाई आईसोलेसन…