तारा एयरले असोज २३ देखि पोखरा–जोमसोम नियमित उडान गर्ने

काठमाण्डु – यती एअरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम उडानलाई नियमित गर्ने भएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना भाइरस सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एयरले पनि आफ्नो बन्द रहेको उडानलाई सुचारु गर्न लागेको हो । यती एअरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख…