काठमाण्डु – सरकारले पछिल्लो समय नेपालको आन्तरिक हवाई उड्डयन क्षेत्रको सुरक्षामा देखिएको समस्याबारे अध्ययन गर्न पाँच सदस्यीय छानविन समिति गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको बैठकले आन्तरिक हवाई उड्डयन क्षेत्रमा देखा परेको समस्या तथा चुनौतीबारे छानविन गर्न प्राधिकरणका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा…