रसुवा - चीनसँगको अन्तरर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट भेडा च्यांग्रा नेपाल भित्रिएका छन्। दशैँ नजिकिएसँगै रसुवागढी नाका हुँदै भेडा च्यांग्रा नेपाल भित्रिएका हुन् । बिहीबार चीनबाट एक सय ७० वटा भेडा च्यांग्रा रसुवागढी नाका हुँदै नेपाल भित्रिएको व्यापारी दिवाकर न्यौपानेले जानकारी दिए। दुई सय भेडा च्यांग्राको माग गरिए पनि थोरै संख्यामा नेपाल भित्रिएको उनले बताए ।…