कोरोनाको हटस्पट बन्दै काठमाण्डु उपत्यका, नाकाबाट भित्रिएका २४ जना संक्रमित

काठमाण्डु – काठमाण्डु उपत्यका प्रवेश गर्ने तीन वटा नाकाबाट भित्रिएका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थानकोट, फर्पिङ र साँगाबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । ‘संकलन भएको नमूनामध्ये झन्डै ३ हजार ४ सयको परीक्षण गर्दा २४ जनामा संक्रमण पोजेटिभ देखिएको…