काठमाण्डु – उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठले नेपाली भूमिमा भइरहेको भारतीय सुरक्षाकर्मीको अवरोधको विषयमा कुटनीतिक छलफल गरी समस्या समाधान गर्ने बताएका छन् । आज अन्तर्राष्ट्रिय सीमा सरोकार समाज कञ्चनपुरको मागपत्र बुझ्दै मन्त्री महासेठले भारतीय पक्षसँग कुटनीतिक छलफल गरी १० दिनभित्र समाधान खोज्ने प्रतिवद्धता जनाएका हुन् । भारतीय अवरोध कुटनीतिक पहल गरि तत्काल हटाउन माग गर्दै…