३६ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन – माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । सोमबार बिहान ५ बजे चारकिलोमा खसेको ठूलो पहिरो पन्छाएपछि आज साँझ ४ः५० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार सो सडकको चारकिलोमा पहिराले ६० मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरलगायतका…