चितवन राष्ट्रिय निकुञ्ज र बस्तीको सिमानामा पर्खाल

चितवन- चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनको सिमानामा बसोबास गर्ने नागरिकलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन चितवनमा कङ्क्रिट पर्खाल निर्माण गरिएको छ । पूर्वी चितवनको खैरहनी र राप्ती नगरपालिकाअन्तर्गत पर्ने मध्यवर्ती सामुदायिक वन र बस्तीको सीमामा साढे दुई किलोमिटर पर्खाल निर्माण सम्पन्न गरिएको हो । वाग्मती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो चरणमा ५.५…