अख्तियारको प्रवक्तामा सहसचिव अधिकारी नियुक्त

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव तारानाथ अधिकारी नियुक्त भएका छन् । आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगले अधिकारीलाई प्रवक्ता तोकेको उल्ल्ेख गरेको हो । प्रवक्तासँग ०१–५२६२१७७ वा मोबाइल नं. ९८५१२३३२८१ मा सम्पर्क गर्न सकिने आयोगले जनाएको छ ।