प्रदेश नं १ मा १८० जना सङ्क्रमित, ८४ डिस्चार्ज

विराटनगर - प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा यो प्रदेशमा ७७३ जनाको पिसीआर परीक्षण गरिएकामा ६८ महिलासहित १८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा सुनसरीका ५३, मोरङका ३६ मध्ये विराटनगरमा १६, झापाका ४९, इलामका…