काठमाडौं – गत २४ घण्टामा राजधानी काठमाडौंसहित मकवानपुर, कैलाली, सिरहा र धनुषामा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा विपरीत दिशाबाट आएका मोटरसाइकल ठोक्किँदा मकवानपुरको थाहा नगरपालिका–२ का २५ वर्षीय सर्जन नेपालीको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित सडकमा द्रुतगतिमा रहेको कारले साइकललाई ठक्कर दिँदा सोही…