मेयरलाई स्वासप्रस्वासमा समस्या, उपचारका लागि काठमाडौं लगियो

डोटी – दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको स्वासप्रस्वासमा समस्या आएपछि उपचारार्थ नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ । उनी भारतबाट फर्किएका नागरिकलाई क्वारेन्टाइन राख्न सक्रिय हुँदै आएका थिइन् । उनलाई एक हप्ताअघिदेखि स्वासप्रस्वासमा समस्या आएको उनका परिवारले जनाएका छन् । अर्धचेत अवस्थामै उनलाई आज बिहान काठमाडौं लगिएको बताइएको छ । चिकित्सकको सल्लाहअनुसार घरमा आराम…