रेलमार्ग सहकार्य सम्बन्धी नेपाल–भारत संयुक्त कार्यदलको बैठक सकियो, कर्मचारीलाई प्रशिक्षण दिने सहमति

काठमाण्डु – रेलमार्ग सहकार्य सम्बन्धी नेपाल–भारत संयुक्त कार्यदलको चौथो बैठक सम्पन्न भएको छ । बिहीबार भिडियो कन्फरेन्समार्फत भएको उक्त बैठकले जयनगर–बिजलपुरा–बर्दिबास र जोगबनी–विराटनगरको बीचमा अघि बढिरहेका सीमापार रेलमार्ग परियोजनाहरुको समीक्षा गरेको भारतीय दूतावासले जनाएको छ । यात्रुबाहक रेलसेवा सञ्चालनका लागि भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किलोमिटर लामो रेलमार्गको प्राविधिक तयारीबारे बैठकमा छलफल भएको छ ।…