काठमाण्डु– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशमा नक्कली कोरोना रिपोर्ट दिने अस्पताल तथा ल्याबमाथि छानबिन गर्न समिति गठन गरेको छ । नेपाल एयरलाइन्सले विदेश पुर्याएका यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालय अन्र्तगतको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइले तीन सदस्यीय समिति गठन गरेको हो । डाक्टर मुकुन्द शर्मा संयोजकत्वको समितिमा डा. अमृत पोखरेल र बलराम गौतम…