स्वास्थ्य मन्त्रालयका ८ अधिकारीको जिम्मेवारी हेरफेर, को कहाँ ?

काठमाण्डु – स्वास्थ्य मन्त्रालयले विभिन्न विभाग हेर्ने अधिकारीहरुको जिम्मेवार हेरफेर गरेको छ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै खोप शाखा प्रमुखको जिम्मेवारी सागर दाहाललाई दिएको छ । यसअघिका डा. झलक शर्मालाई व्यवस्थापन महाशाखा पठाइएको जनाइएको छ । सार्क क्षयरोग केन्द्रका निर्देशक विवेकलाल कर्णलाई परिवार कल्याण महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको छ । महाशाखाका निर्देशक तारा पोख्रेललाई विवेकलालको…