आज यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । नेपालमा मनसुनी न्यून चापीय प्रणालीकाे प्रभाव रहेकाले मौसम सामान्यदेखि पूर्ण बदली भइ देशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर नै सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ…