काठमाण्डु उपत्यकामा भूकम्पको धक्का महशुस

काठमाण्डु – काठमाण्डु उपत्यकामा भूकम्प गएको छ । मंगलबार दिउँसो करिब ४ः२९ बजे काठमाण्डु उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार दिउँसो ४ बजेर २९ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको  छ ।