डोटी - डोटीको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका एक ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मङ्गलबार दिउँसो एकाएक फरार भएका निज सङ्क्रमित पुरुषलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक जगत बोहराको कमाण्डमा खटिएको टोलीले गए राति पक्राउ गरेको हो ।…