साहित्यकार वानीरा गिरिको निधन

काठमाण्डु -  साहित्यकार डा. वानीरा गिरिको गएराति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाण्डु  बानेश्वरस्थित निजामती अस्पताल पुर्‍याइएको आधा घण्टामा नै उनको निधन भएको थियो । उनी मधुमेह र अल्जाइमर रोगबाट पनि पीडित थिइन् । त्रिमूर्ति निकेतनका आयोजनामा डा. गिरिलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराइनाका साथै पाँच लाख राशिसहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को…