जुवा खालबाट वडा अध्यक्षसहित १२ जना पक्राउ

तम्घास - गुल्मीमा जुवा खालबाट प्रहरीले वडा अध्यक्षसहित १२ जनालाई पक्राउ गरेकाे छ ।  गुल्मीको रेसुङगा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन पाण्डे, निर्माण व्यवसायी राजु पाण्डे सहित १२ जनालाई जुवाको खालबाट पक्राउ गरिएको हो । रेसुङगा नगरपालिका वडा नं. ८ तम्घास स्थित एभरग्रीन होटलबाट उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।…