काठमाण्डु - वैकल्पिक शिक्षा प्रणालीबाट विद्यार्थीहरुको सिकाइ सहजीकरण गर्ने उद्देश्यले ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरेको छ । विद्यार्थीहरुलाई प्रविधिमैत्री र वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइमा सहजता ल्याउनका लागि पहिलो चरणमा माध्यमिक तहका सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरेको गाउँपालिकाले जनाएको छ । कोरोना महामारीबाट प्रभावित भएको शिक्षा क्षेत्रलाई वैकल्पिक विधिबाट पठनपाठन सुचारु…