कित्ताकाट खुल्ला गर्न अख्तियारको निर्देशन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई जग्गा खण्डीकरण नियन्त्रणका सम्बन्धमा यसअघि भएगरेका निर्णयको पुनरावलोकन गर्न निर्देशन दिएको छ । आयोगको निर्देशनमा जग्गाको कित्ताकाट रोक्का गरी खण्डीकरण नियन्त्रण गर्ने सम्बन्धमा भएगरेका निर्णयमा आवश्यक पुनरावलोकन गरी कित्ताकाट खुल्ला गर्नेतर्फ आवश्यक व्यवस्था मिलाउन भनिएको छ । भूमिको वर्गीकरण, समुचित उपयोग र…