विपन्नको राहतमा राजनीतिः कागजमा ३० किलो चामल , हातमा ७ किलो मात्रै !

निमेन्द्र शाही/ खोज पत्रकारिता केन्द्र बाजुरा – बाजुराको बडिमालिका नगरपालिका–८, कोठ्याराकी बिन्द्रा रावल ३० चैत २०७६ मा कोभिड–१९ को राहत बुझ्न भनेर वडा कार्यालय पुगिन् । कोरोना संक्रमणको महामारीसँग जुध्न गरिएको लकडाउनले बिचल्लीमा परेका गरीब, असहाय र श्रमिक परिवारलाई नगरपालिकाले वडा कार्यालय मार्फत राहत बाँड्दै थियो । राहतले केही दिनको भए पनि गुजारा चल्ने आशमा…